समानुपातिकमा कांग्रेसभन्दा एमाले ४५ हजार मतले अगाडि | Khabarhub Khabarhub

समानुपातिकमा कांग्रेसभन्दा एमाले ४५ हजार मतले अगाडि


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार शुक्रबार बिहान साढे बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले नेपाली कांग्रेसभन्दा करिब ४५ हजार मतले अगाडि रहेको छ।

प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमालेले समानुपातिकतर्फ सुरुआतदेखि नै अग्रता लिइरहेको छ। यो समाचार तयार पार्दासम्म उसले दश लाख ३३ हजार २२९ मत पाएको छ। कांग्रेसले नौ लाख ८९ हजार एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ८८ हजार छ सय ९७ मतसहित तेस्रो स्थानमा छ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख ५२ हजार ६४८ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६२ हजार ९२४ मत पाएको छ।

यो अवधिसम्ममा जनता समाजवादी पार्टीले एक लाख २९ हजार ६३३ मत ल्याएको छ। त्यस्तैगरी जनमत पार्टीले ७७ हजार ३१६, नेकपा (एकीकृत समाजवादी)ले ७३ हजार २३४ र नागरिक उन्मुक्ति पार्टीले ७० हजार ६२० मत पाएको छ।

नेपाल मजदुर किसान पार्टीले ५७ हजार ३४० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५४ हजार ३२५ मत र हाम्रो नेपाली पार्टीले ३१ हजार ९३९ मत पाएको छ। राष्ट्रिय जनमोर्चाले २८ हजार ७८९ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले २० हजार ६५ मत पाएको छ।

नेकपा (माले)ले ११ हजार ४७ मत पाउँदा राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ४६ बजे

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा

संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ?

काठमाडौं– गत निर्वाचन (०७९) बाट नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र

सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी

पर्यापर्यटन विकास गर्न हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको