गोकुल बास्कोटा पुन: निर्वाचित, कांग्रेसका हुमागाईँ पराजित « Khabarhub

गोकुल बास्कोटा पुन: निर्वाचित, कांग्रेसका हुमागाईँ पराजित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका थिए।

अन्तिम मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै प्रतिस्पर्धा गर्नुपरेको छ ।

एमालेका धेरैजसो पदाधिकारीले निर्वाचन हार्दै गर्दा बास्कोटा भने विजयी भएका छन् । काभ्रे १ मा पनि एमालेकै रेशम लामाले माओवादीका उम्मेदवार सूर्यमान दोङलाई पछाडि पारेका छन् । काभ्रेका चार प्रदेशसभा सदस्यमा भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले चुनाव जितेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ५० बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा