प्रदीप ज्ञवालीलाई पराजित गर्दै चन्द्र भण्डारी बने सांसद | Khabarhub Khabarhub

प्रदीप ज्ञवालीलाई पराजित गर्दै चन्द्र भण्डारी बने सांसद


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुल्मी-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन् ।

उनले ३२ हजार २२७ र ज्ञवालीले ३० हजार ९३५ मत पाए । अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गरेका थिए । गुल्मी १ मा भण्डारी र ज्ञवालीको आलोपालो चलिरहेको छ ।

एमालेको पदाधिकारी पराजित हुने सूचीमा ज्ञवाली पनि थपिएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट पराजित भइसकेका छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट भने विजयी भएका छन् ।

गुल्मी १ बाट पराजित ज्ञवालीले विजयी भण्डारीलाई बधाई तथा शुभकामना दिएका छन् । मतपरिणाम सार्वजनिक भएपछि मतगणनास्थलमा ज्ञवालीले भण्डारीलाई बधाई तथा शुभकामना दिएका थिए । ज्ञवालीले प्रतिकूल परिस्थितिका बाबजुद पनि प्रतिस्पर्धात्मक ढंगले मत ल्याएको र आफूलाई मत दिने सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ५९ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’