प्रदीप ज्ञवालीलाई पराजित गर्दै चन्द्र भण्डारी बने सांसद « Khabarhub

प्रदीप ज्ञवालीलाई पराजित गर्दै चन्द्र भण्डारी बने सांसद


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुल्मी-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन् ।

उनले ३२ हजार २२७ र ज्ञवालीले ३० हजार ९३५ मत पाए । अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गरेका थिए । गुल्मी १ मा भण्डारी र ज्ञवालीको आलोपालो चलिरहेको छ ।

एमालेको पदाधिकारी पराजित हुने सूचीमा ज्ञवाली पनि थपिएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट पराजित भइसकेका छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट भने विजयी भएका छन् ।

गुल्मी १ बाट पराजित ज्ञवालीले विजयी भण्डारीलाई बधाई तथा शुभकामना दिएका छन् । मतपरिणाम सार्वजनिक भएपछि मतगणनास्थलमा ज्ञवालीले भण्डारीलाई बधाई तथा शुभकामना दिएका थिए । ज्ञवालीले प्रतिकूल परिस्थितिका बाबजुद पनि प्रतिस्पर्धात्मक ढंगले मत ल्याएको र आफूलाई मत दिने सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ५९ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब