प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत « Khabarhub

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख ४७ हजार २८१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ९१ हजार ६८२ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ४० हजार ९१६ रहेको छ ।

नेकपा (माओवादी केन्द्र)को चार लाख ९७ हजार ५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८५ हजार १७५, जनता समाजवादी पार्टी नेपालको एक लाख ३७ हजार ९९६, नेकपा (एकीकृत समाजवादी) को ८३ हजार ९६४ ल्याएको छ।

नागरिक उन्मुक्ति पार्टीको ८२ हजार ३३६, जनमत पार्टीको ८२ हजार १८१, नेपाल मजदुर किसान पार्टीको ५७ हजार ८५४, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार ३६२, हाम्रो नेपाली पार्टीको ३३ हजार ६६२, राष्ट्रिय जनमोर्चाको ३० हजार ५४० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १ : २५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान