नेपाली पात्रोमा ‘अद्भूत रेडियो’ को सुविधा थपियो « Khabarhub

नेपाली पात्रोमा ‘अद्भूत रेडियो’ को सुविधा थपियो


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको लोकप्रिय एप नेपाली पात्रोले ‘अद्भूत रेडियो’ को नयाँ अपडेट सार्वजनिक गरेको छ ।

एण्ड्रोइड र आईओएस दुबै माध्यममा उपलब्ध यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने नेपाली पात्रोले जनाएको छ । यस अपडेटमार्फत् उक्त एपले रेडियोमा केही अद्भूत र अहिलेसम्म प्रयोग नभएका केही नवीन र स्मार्ट सुविधा समेत समेटेको जनाएको छ ।

‘हामी हाम्रा नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर अद्भूत रेडियो सार्वजनिक गरेका छौं । यसमा स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सक्नुहुनेछ ।’ नेपाली पात्राले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

नेपाली पात्राका अनुसार ती समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ । यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रि सहितको सुविधा पनि समावेश गरेको छ भने यस एपमा आम निर्वाचन २०७९ को मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : १७ बजे

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त