जनताको चाहनाअनुसार काम गर्छु : प्रकाशमान सिंह « Khabarhub

जनताको चाहनाअनुसार काम गर्छु : प्रकाशमान सिंह


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले आज निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका हुन् । ‘विकास, निर्माणको काममा राजनीतिकरण हुँदैन, जनताको चाहना अनुसार काम गर्छु’ उनले भने ।

उनले तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी सङ्घीय कानुन निर्माणमा जोड दिने बताए । नेता सिंहले जनताको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।

सोही अवसरमा उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढङ्गले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई धन्यवाद दिए। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै सफल कार्यकालको सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै