जनताको चाहनाअनुसार काम गर्छु : प्रकाशमान सिंह « Khabarhub

जनताको चाहनाअनुसार काम गर्छु : प्रकाशमान सिंह


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले आज निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका हुन् । ‘विकास, निर्माणको काममा राजनीतिकरण हुँदैन, जनताको चाहना अनुसार काम गर्छु’ उनले भने ।

उनले तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी सङ्घीय कानुन निर्माणमा जोड दिने बताए । नेता सिंहले जनताको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।

सोही अवसरमा उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढङ्गले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई धन्यवाद दिए। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै सफल कार्यकालको सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ०१ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी