कतार विश्वकपको समूह चरणबाट बाहिरियो « Khabarhub

कतार विश्वकपको समूह चरणबाट बाहिरियो


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोहा – आयोजक राष्ट्र कतार फिफा विश्वकप फुटबल २०२२ बाट बाहिरिएको छ। कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्रसमेत बनेको छ। समूह चरणको खेल अन्तर्गत शुक्रबार राति नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो।

समूह ‘ए’ मा रहेको कतारले शुक्रबार नै सेनेगलसँग ३–१ ले पराजित भएको थियो। कतारले २ खेलमा दुई हार व्यहोर्दै अंक जोड्न सकेन। एक खेल खेल्न बाँकी हुँदा कतार पुछारमा छ। यस समूहमा नेदरल्यान्ड्स ४ अंक जोडेर शीर्ष स्थानमा छ।

इक्वेडर ४ अंक जोडेर दोस्रो तथा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। आइतबार भएको उद्घाटन खेलमा इक्वेडरसँग २–० ले पराजित हुँदै कतारले खराब सुरुवात गरेको थियो।

सन् २०१० मा दक्षिण अफ्रिकापछि कतार नकआउट चरण नपुग्ने राष्ट्र बनेको छ। यस्तै समूहको दुई खेल हार्ने कतार पहिलो आयोजक राष्ट्र बन्यो।

कतारले अब अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। आज पनि ट्युनेसिया र अस्ट्रेलिया, पोल्याण्ड र साउदी अरेबिया, फ्रान्स र डेनमार्क तथा अर्जिन्टिना र मेक्सिको बीच खेल हुँदैछ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५४ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति