७ वर्षदेखि फरार अभियुक्त पक्राउ « Khabarhub

७ वर्षदेखि फरार अभियुक्त पक्राउ


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले ७ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला अदालत उदयपुरले ०७२ असार १५ गतेको फैसलामा दोषी करार गरे पनि फरार रहेका रौतामाई गाउँपालिका–७ मुर्कुचीका चन्द्रबहादुर राना मगरलाई त्रियुगा नगरपालिका–५ दमौटीबाट पक्राउ गरेको हो।

ज्यान मार्ने मुद्दामा अदालतले ६ वर्ष कैद सजाय तोकि फरार रहेका मगरलाई गोप्य सुराकीका आधारमा त्रियुगा नगरपालिका-५ दमौटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले मगरलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय ल्याइएका ५३ वर्षीय मगरलाई शुक्रबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएको छ। प्रहरीले बुझाए लगत्तै अदालतले कैद सजाय भुक्तानका लागि मगरलाई कारागार शाखा गाईघाट पठाएको जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५४ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको