चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल « Khabarhub

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

फिक्कल– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए ।

आज पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।’ उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाएका छन् । पूर्व प्रम खनालले भने, ‘कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन रु निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता  पाउँदैन ।’

हालसम्मको गणनाअनुसार इलाम-१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहेका छन् । खनालले १६ हजार ८७ मत प्राप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन्।  क्षेत्र नं १ मा ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ । तर खनालले पुनः मतदानको माग गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : १५ बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई