प्रदेश सभातर्फ पनि कांग्रेस अघि « Khabarhub

प्रदेश सभातर्फ पनि कांग्रेस अघि


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि कांग्रेस अघि छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ । जारी मतगणनाअनुसार कांग्रेस पाँच, एमाले ६ स्थानमा अगाडि छ ।

यस्तै, एकीकृत समाजवादीले १३ क्षेत्रमा जित निकालेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ । १२ क्षेत्रमा स्वतन्त्र र बागीले जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सिट जितेको छ । 

जसपालोसपाले नौ नौ सिट जित्दा जसपा दुई क्षेत्रमा अगाडि छ । यता, जनमत पार्टीले सात सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले पाँच सिटमा जित हासिल गरेको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ कूल तीन सय ३० सिट छ भने समानुपातिक तर्फ दुई सय २० सिट छ ।

०७४ को निर्वाचनमा प्रदेशसभातर्फ एमाले १६७ सिट सहित सबैभन्दा ठूलो दल थियो । त्यसबेला कांग्रेसले ४१ सिट मात्रै ल्याएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ४ : १८ बजे

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा

दशैँसम्मका लागि २० फिल्मको ‘डेडललाइन’: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले

रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या

यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

मध्यविन्दु – यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु

अरनिकोले चीनमा कमाएको साख: चिनियाँले नपाएको सुविधा नेपालीलाई

चीनको राजधानी बेइजिङ आज विज्ञान, प्रविधि र आधुनिक विकासको विश्व–केन्द्रका