एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक « Khabarhub

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ ।

 समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ । दोलखा, स्याङ्जा-२ र बाजुरामा मतगणना सुरु हुन बाँकी रहेको छ । दोलखा र स्याङ्जामा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका संकलन भइसके पनि गणना सुरू हुनसकेको छैन । त्यहाँका विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्न बाँकी रहेको छ ।

बाजुराको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा आज मतदान सम्पन्न भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ६ : ३२ बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई