यी हुन् लोसपाबाट विजयी भएका चार सांसद (नामसहित) | Khabarhub Khabarhub

यी हुन् लोसपाबाट विजयी भएका चार सांसद (नामसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ मतपरिणाम सार्वजनिक भइरहँदा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आठौं स्थानमा देखिएको छ । बर्तमान सत्ता गठबन्धनसँग चुनावी तालमेल गरि निर्वाचनमा होमिएको लोसपाले अहिलेसम्म मात्रै चार ठाउँमा जित निकालेको छ ।

लोसपाको तर्फबाट रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् । शुक्ला २८ हजार मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार प्रमोद कुमार यादवले २२ हजार ७४० मत प्राप्त गरेका थिए ।

यस्तै लोसपाबाट विजयी हुने अर्का नेता हुन्, पार्टी अध्यक्ष महन्थ ठाकुर । उनी महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

यता महोत्तरीको क्षेत्र नम्बर २ मा पनि लोसपाकै शरत सिंह भण्डारी विजयी भएका छन् । उनी २५ हजार १९० मतसहित विजयी भएका हुन् । भने सर्लाहीको क्षेत्र नम्बर १ मा पनि लोसपाले जित हात पारेको छ । त्यहाँ लोसपाका नेता राम प्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : १५ बजे

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा