रेल सञ्चालनका लागि १० जना कर्मचारी माग | Khabarhub Khabarhub

रेल सञ्चालनका लागि १० जना कर्मचारी माग


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ती गर्न लागेको हो।

कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्र्याक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ। रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तीमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ।

त्यस्तै स्टेसन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। त्यसबाहेक कम्तीमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ। सिभिद इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तीमा ३ वर्ष ट्र्याक इन्जिनियर भई काम गरेको अनुभव चाहिने उल्लेख छ।

एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ।

यसका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ५१ बजे

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि