सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु « Khabarhub

सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीमा  शनिबार राति भएको सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पुरानो थिमी ओरालोमा दुवाकोटबाट पुरानो थिमितर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च। ४२९३ नम्बरको महेन्द्रा म्यासिमो गाडी विपरित दिशाबाट जाँदै गरेको बा १० प ९५०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका क्वाछेंका २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको हो ।

फसिकवालाई उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल पछाडि बसेका भक्तपुर नगरपािलका-७ गोलमढीका ३२ वर्षीय सिनल ग्वाछाको सोही अस्पतालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

घटनास्थलमा प्रहरी वृत थिमिबाट अनुसन्धान अधिकृतसहितको टोली पुगी प्रारम्भिक अनुसन्धान गरी दुर्घटनामा संलग्न गाडी र चालक सिन्धुली फिक्कल गाउँंपालिका-१ घर भई भक्तपुरको दुवाकोटका २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरी वृत थिमिमा राखिएको छ । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : २२ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा