गाईभैँसीमा ‘लम्पि स्किन’ संक्रमण « Khabarhub

गाईभैँसीमा ‘लम्पि स्किन’ संक्रमण


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् । गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख डा ऋषभ गुरागाँईले  बताए । नवलपुरको देवचुली नगरपालिकामा उक्त समस्या देखिएको हो । देवचुली नगरपालिकासहित गैँडाकोट र कावासोतीमासमेत गाईभैँसीमा रोग देखिएको छ । 

नवलपुरमा गत असोजदेखि फाट्टफुट्ट ‘लम्पि स्किन’ रोग देखा परेकामा अहिले जिल्लाका विभिन्न पालिकामा समेत फैलिएको उनले बताए । देवचुली नगरपालिकामा गाईभैँसीमा यो रोगको अवस्था भयावह रहेको उनको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा रोग फैलिँदै गएको कार्यालय प्रमुख गुरागाइँले बताए ।

‘असोजमा फाट्टफुट्ट देखिएको थियो, अहिले विभिन्न पालिकामा फैलिएको छ’, उनले भने। देवचुलीका १३ गोठबाट नमूना सङ्कलन गरिएको थियो । सत्तरी ७० प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ भएमा ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा पशुको मृत्यु हुने गुरागाइँले बताए । 

किर्ना, भुसानाबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै रहेको उनले बताए। रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको गुरागाइँको भनाइ छ । ‘खोप उपलब्ध नहुँदा थप समस्या भएको छ, सरकारले खोप खरिदको निर्णय गरिसकेको छैन्, सङ्क्रमण देखिएको पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ’, उनले भने । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : ४६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु