१५६ मध्ये कुन दलले कति सिट जिते ? « Khabarhub

१५६ मध्ये कुन दलले कति सिट जिते ?


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । 

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै नेकपा एमाले ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात-सात, जनता समाजवादी पार्टी नेपालले छ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ ।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक-एक सिट जितेका छन् । यो सँगै हालसम्म ५६ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ ।

बाँकी ९ जिल्ला मध्ये बाजुरा, दोलखा र स्याङ्जा २ बाहेक अन्य ६ जिल्लामा केही विवादका कारण निर्वाचन र मतगणनामा ढिलाइ भएको छ । यी तीन जिल्लाबाहेक सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम पर्सिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : १३ बजे

मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिनको भिडभाड (तस्बिरहरू)

काठमाडौं–  मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भिड लागेको छ । 

पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल

ट्रम्पको २८–बुँदे युक्रेन शान्ति योजना सार्वजनिक

वाशिङ्टन– युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे योजना सार्वजनिक गरिएको

शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोप्रति चिन्ता

काठमाडौं– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १० वर्ष लामो सशस्त्र