चोरीको मोटरसाइलसहित तीन जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइलसहित तीन जना पक्राउ


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका।६ जलजले बजारका कुमार कार्कीको घर बाहिर पार्कीङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

चोरीको मोटरसाइकल डोर्‍याउँदै लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले रामेछाप मन्थली नगरपालिका।१ का २७ वर्षीय बिक्रान्त थापा मगरलाई पक्राउ गरेको हो ।

प्र ३–०२–००१ प २०७५ नम्बरको मोटरसाइकलसहित थापा मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थापालाई सोधपुछ गर्ने क्रममा सो मोटरसाइकल चोरीको रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका।१ का २७ वर्षीय थापा मगर, ललितपुर गोदाबारी नगरपालिका।३ का २७ वर्षीय सुमन बिष्ट र त्रियुगा नगरपालिका।१६ का ३१ वर्षीय बिर्ख तामाङ रहेका छन् ।

चोरी घट्नामा संलग्न रहेका बिष्ट र तामाङलाई प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोलीले सुकौरा बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गर्ने क्रममा चोरीको मोटरसाइकल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका।९ आरुबोटका कृष्णबहादुर घलेको रहेको खुलेको छ ।

चोरीको मोटरसाइकल र नियन्त्रण लिइएका मानिससमेतलाई घट्नास्थल प्रहरी वृत्त सातदोबाटो ललितपुर भएकोले आवश्यक कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ४५ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत