कर्णाली प्रदेशसभामा २० जना नयाँ अनुहार « Khabarhub

कर्णाली प्रदेशसभामा २० जना नयाँ अनुहार


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभामा चार जना पुराना प्रदेशसभा सदस्यले जितेका छन् । २४ सिट रहेको प्रदेशसभामा सुर्खेत, डोल्पा र हुम्लाबाट पुराना चार जना प्रदेशसभा सदस्य दोहोरिएका छन् ।

दोहोरिनेमा सुर्खेत क्षेत्र नम्बर २ (ख( बाट नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नम्बर २ (क)बाट नेकपा एमालेका यामलाल कँडेल र हुम्ला (ख) बाट कांग्रेसका जीवनबहादुर शाही र डोल्पा प्रदेश (क) बाट वीरबहादुर शाही निर्वाचित भएका छन् ।

नयाँ अनुहारमा दैलेख क्षेत्र नम्बर १ (क) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बीसी विजयी भएका छन् । सल्यान प्रदेश सभा (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् । प्रदेशसभा (ख) मा कांग्रेसका सुरेश अधिकारी रुकुमपश्चिम प्रदेश सभा (क) मा माओवादीका महेन्द्र केसी (ख) मा राजकुमार शर्मा विजयी भएका छन् ।

सुर्खेत क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल, क्षेत्र नम्बर १ (ख) मा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जीसी, दैलेख क्षेत्र नम्वर २ को (क)बाट घनश्याम भण्डारी, दैलेख २ (ख) मा एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाह, जाजरकोट प्रदेश सभा (क) मा कांग्रेसका वेदराज सिंह, प्रदेश (ख) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् ।

कालिकोट प्रदेश सभा (क) बाट माओवादीका दुर्गबहादुर रावत , प्रदेश सभा (ख) मा कांग्रेसका हिक्मतबहादुर विष्ट , डोल्पा प्रदेश सभा (क) मा एमालेका शेरबहादुर बुढा , हुम्ला प्रदेश सभा (क) बाट माओवादीका रणसिंह परियार, मुगु (क) मा एमालेका जितबहादुर मल्ल, मुगु (ख) मा माओवादीका मङ्गलबहादुर शाही, जुम्ला प्रदेश सभा (क) मा कांग्रेसबाट बागी उम्मेदवार देवेन्द्रबहादुर शाही, जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाई पनि नयाँ अनुहार रहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : २० बजे

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,