दाङमा बदर मत धेरै « Khabarhub

दाङमा बदर मत धेरै


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ ।

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरुपमा बदर भएको थियो ।

जिल्लामा कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १४ हजार सात सय नौ मत बदर भएको छ । साथै, प्रदेशसभामा ११ हजार आठ सय ३३ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसा रसमानुपातिकतर्फ २० हजार दुई सय ३५ मत बदर भएका छन् ।

उनले प्रतिनिधिसभा भन्दा धेरै प्रदेशसभाको मत बदर भएको बताए । बदर मतमा औंँठा छाप लगाएका मतपत्र धेरै भेटिएको उनले जानकारी दिए ।

दाङ जिल्ला क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदाता रहेकोमा ७८ हजार दुई सय ६७ मत खसेको थियो । जसमा चार हजार पाँच सय ८० मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ७० हजार दुई सय ६७ मतदाता रहेकोमा ३९ हजार आठ सय ४४ मत खसेको थियो । जसमा दुई हजार चार सय १० मत बदर भएको थियो । त्यसैगरी प्रदेशसभा २ मा ६४ हजार चार सय ६६ मतदाता रहेकोमा ३८ हजार चार सय ५४ मत खसेको थियो जसमा एक हजार सात सय ६३ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकोमा ७९ हजार तीन सय ३७ मत खसेको थियो । जसमा चार हजार सात सय छ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६३ हजार तीन सय २२ मतदाता रहेकोमा ३६ हजार नौ सय ९३ मत खसेको थियो । जसमा एक हजार चार सय ८५ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७० हजार चार सय २६ मतदाता रहेकोमा ४२ हजार एक सय ५२ मत खसेको थियो । जसमा दुई हजार ३९ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार पाँच सय ३५ मत खसेको थियो । जसमध्ये पाँच हजार चार सय २३ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार चार सय ७४ मत खसेको थियो । जसमा एक हजार सात सय ७८ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ३३ मत खसेको थियो । जसमा दुई हजार दुई सय ५८ मत बदर भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १ : ५१ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको