थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त « Khabarhub

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको थापाथलीस्थित बााग्मती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन खोज्दा झडप भएको छ ।

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा बस्नेहरुले ढुङ्गामुढा गरेका थिए । सो क्रममा झडप भएको हो ।

सो क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १९ जना घाइते भएका छन् । घाइतेहहरुको नर्भिक अस्पतालमा उपचार गरिएको छ । झडपपछि सो बस्तीमा टायर बालेर प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले उचित विकल्प दिएर मात्रै आफुहरुलाई हटाउनुपर्ने बताएका छन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेको थियो । तर सुकुम्वासी बस्ती खाली नभएपछि बलपूर्वक हटाउन खोजिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ०५ बजे

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको