निर्वाचनका २ सय १६ घटनामा बालबालिकाको प्रयोग « Khabarhub

निर्वाचनका २ सय १६ घटनामा बालबालिकाको प्रयोग


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

आज सार्वजनिक प्रतिवेदनअनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको पाइएको छ ।

बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट ९८, नेकपा (एमाले) बाट ७१ वटा, अन्य सात राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकालाई प्रयोग गरिएको थियो ।

जसमध्ये दुई सय १६ घटनामध्ये एक सय ४४ वटा प्रचार प्रसार र्‍यालीको क्रममा प्रयोग गरिएको थियो भने २८ जनालाई कलाकारको रूपमा प्रयोग गरिएको थियो ।

आमसभामा १८ वटामा बालबालिका लगेका राजनीतिक दलले घरदैलो कार्यक्रममा १२ वटा घटनामा बालबालिकाको प्रयोग गरिएको शर्माले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : ४५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल