कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ « Khabarhub

कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो ।

प्रहरीका अनुसार प्रक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का ३६ वर्षीय हरि भट्ट रहेका छन् । सोमबार दिउँसो उनी समातिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले उनलाई हातहतियार, खरखजाना मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो । अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो ।

तर, उनी उक्त सजाय पूरा नगरी फरार रहेका थिए । अहिले फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : ५८ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही