पत्रकारलाई रिहा गर्न महासङ्घको माग « Khabarhub

पत्रकारलाई रिहा गर्न महासङ्घको माग


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले पत्रकार गजेन्द्र राईलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । पत्रकार महासङ्घ उदयपुर शाखाका सदस्य तथा रेडियो नेपालका जिल्ला संवाददाता एवं निगरानी पोष्ट अनलाइनका सञ्चालक राईलाई समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको घटना प्रेस स्वतन्त्राविपरीतको काम भएको भन्दै रिहा गर्नुपर्ने माग गरेको हो ।

उदयपुर शाखाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको रिपोर्टिङको क्रममा रहेका पत्रकार राईलाई यही मङ्सिर १० गते प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकबाट पक्राउ गरेको थियो ।

उनले समाजको विकृति, विसङ्गतिसम्बन्धी रिर्पोटिङ गर्दै आएका थिए ।

“कुनै पनि विषयमा सम्प्रेषित भएका समाचारप्रति चित्त नुबुझे या गुनासो भए त्यसउपर प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा चलाएइको यो घटना प्रेस स्वतन्त्रा विपरीतको काम हो”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : १० बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको