बाटो हिँड्दा भेटिने यी सात चिजबाट सँधै जोगिएर हिँड्नुहोस्, नत्र अपवित्र हुनेछ | Khabarhub Khabarhub

बाटो हिँड्दा भेटिने यी सात चिजबाट सँधै जोगिएर हिँड्नुहोस्, नत्र अपवित्र हुनेछ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हामी घरबाट बाहिर कतै जाँदै छौँ भने बाटोमा थुप्रै कुरा भेटिन्छन् । यसरी भेटिने वस्तुहरुमध्ये केही शुभ हुन्छन् भने केही अशुभ पनि हुन्छन् । धर्मशास्त्रअनुसार हामीले यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्नु पर्छ । यदी बाटोमा हिँड्दा भूल बश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्नु पर्छ । यसको ख्याल नगरी त्यस्ता चिजहरु छुनाले धेरै प्रकारका दोषहरुले हाम्रो जीवनमा नकारात्मक प्रभाव पार्न सक्छन् । यस्ता अपवित्र सात चिज छन्, जोबाट सँधै जोगिएर हिँड्नु पर्छ ।

१. तान्त्रिक विधिबाट मन्साइएका वस्तुहरु

नराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट छुटाउन तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा मन्साइन्छ । जस्तै खुर्सानी, कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिँड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।

२. हड्डी

हिँड्दै गर्दा सडकमा यदि कुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै रहनुहोस् । यसलाई छोएमा धेरै प्रकारका दोषले हाम्रो जीवनमा प्रभावित गर्न सक्छन् । अन्डाको बोक्रा वा कुनै पंक्षीको पंखेटा सडकमा देखेमा यसबाट बँच्नपर्छ ।

३. कपाल

बाटोमा हिँड्दा तपाईंले कपालको पोको देखेमा त्यसबाट टाढा रहनुहोस् । र बँचेर हिँड्नुहोस् । शास्त्रअनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।

४. नुहाएको पानी

शहरी क्षेत्रमा मानिसहरु बाथरुममा नुहाँउछन तर गाँउमा मानिसहरू घरको बाहिर वा धारा, कुवा, ट्युवेल नजिकै नुहाँउछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदि बाटोमा हिँड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिँड्नुपर्छ ।

५.खरानी

सडकमा हिँड्दा कहिलेकाहिँ खरानी भेटिन सक्छ तर त्यसबाट बँचेर हिड्नु पर्छ । यो खरानी कुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ । त्यसैले यसबाट परै भएको ठीक हुन्छ ।

६. मृत पशु

सडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिँड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ । त्यसैले यदि भूलवस छोएमा नुहाई हाल्नुपर्छ ।

७. फोहोर कपडा

बाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ । यस्ता कपडा छोएमा हामीलाई अपवित्र बनाउन सक्छ । त्यसैले यस्ता कपडालाई छुन हुँदैन ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : ४६ बजे

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६