खोटाङका २२ मध्ये १६ उम्मेदवारको जमानत जफत | Khabarhub Khabarhub

खोटाङका २२ मध्ये १६ उम्मेदवारको जमानत जफत


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खोटाङका १६ उम्मेदवारको जमानत जफत भएको छ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फ १२ उम्मेदवारको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार जमानत जफत भएको हो ।

प्रतिनिधिसभातर्फका आठ उम्मेदवारमध्ये राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई, स्वतन्त्रका जयन्द्रकुमार राई, जनता समाजवादी पार्टीका कृष्णकुमार राई र मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरको जमानत जफल भएको हो । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा मनोनयन दर्ताका क्रममा धरौटी वापत राखेको १० हजार रकम जफत भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

प्रतिनिधिसभातर्फ कुल ६४ हजार ४२२ सदर मत खसेको थियो । जमानत जोगाउनका लागि उनीहरुले कम्तीमा छ हजार ४४३ मत ल्याउनुपथ्र्यो । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई र एमालेका बिशाल भट्टराईको मात्र जमानत जोगिएको छ ।

यस्तै, आठ उम्मेदवार रहेको प्रदेशसभा क मा नेपाल कम्यूनिष्ट पार्टीका पदमप्रसाद आचार्य, नेपाल मजदुर किसान पार्टीका केशव राई, जनता समाजवादी पार्टीका राकेश राई, स्वतन्त्रका कुमारप्रसाद भट्टराई, स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल र मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईको जमानत जफत भएको हो । ३२ हजार ३९० सदर मत खसेको प्रदेशसभा ९क०मा उनीहरुले कम्तीमा तीन हजार २३९ मत प्राप्त गरेको भए जमानत जफत हुनबाट जोगिन्थ्यो । प्रदेश कमा एमालेका पाँचकर्ण राई र नेकपाका बिरवलकाजी राईको मात्र जमानत जोगिएको छ ।

छ जना उम्मेदवार रहेको प्रदेशसभा खमा नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, जनता समाजवादीका प्रेमकुमार राई, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राई र मंगोल नेशनल अर्गनाइजेसनका विमला राईको जमानत जफत भएको छ । प्रदेश खमा कांग्रेसका भूपेन्द्र राई र एमालेका रामप्रसाद दंगालको मात्र जमानत जोगिएको छ । कुल ३५ हजार ३८१ सदर मत खसेको प्रदेश खमा जमानत जोगाउन कम्तीमा तीन हजार ५३९ मत आवश्यक थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : १८ बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा