आज २०७९ साल मंसिर १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७९ साल मंसिर १३ गते मंगलबारको राशिफल


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल मंसिर १३ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ तपाईँको आजको फलादेश:

मेष : धार्मिक क्षेत्रमा मन जानेछ। मानसिक रुपमा प्रशन्नता मिल्नेछ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्।

वृष : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ।

मिथुन : दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।

कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

सिंह : मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

कन्या : सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।

तुला : आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।

वृश्चिक : बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

धनु : प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर : दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।

कुम्भ : शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ।

मीन : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : ०५ बजे

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

घोडाघोडी– कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको

पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि 

काठमाडौं– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणार्थ कांग्रेसले ७७ वटै

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बेपत्ता

भेनेजुएला– शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि

कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार