चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन « Khabarhub

चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ।

प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन्। चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सांघाईको मुख्यसडकमा ठूला अवरोधहरू अझै पनि छन् र प्रहरीले धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।

प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न र तिनीहरूको डिभाइसबाट फोटोहरू मेटाउन भनेका छन्।

बिहीबार पश्चिमी चीनको उरुम्चीमा रहेको एक अग्लो ब्लकमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि राष्ट्रव्यापी विरोध प्रदर्शन बढेको छ।

कोभिड प्रतिबन्धका कारण बासिन्दाहरू आगोबाट बच्न सकेनन् भन्ने विश्वास गरिएको छ। तर, स्थानीय अधिकारीहरूले यसलाई अस्वीकार गरेका छन्।

बीबीसीका एक पत्रकारलाई आइतबार सांघाईमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा पक्राउ गरिएको थियो।

एड लरेन्सलाई उनको गिरफ्तारीको क्रममा पुलिसले कुटपिट गरेको थियो। रिहा हुनुअघि धेरै घण्टासम्म राखेको थियो। बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले गिरफ्तारीको विरोध गरेका छन्। गिरफ्तार चिन्ताजनक भएको उनले ट्वीट गरेका थिए।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : १६ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा