कर्णालीमा प्रत्यक्षतर्फ तेस्रो स्थानको एमाले समानुपातिकमा पहिलो « Khabarhub

कर्णालीमा प्रत्यक्षतर्फ तेस्रो स्थानको एमाले समानुपातिकमा पहिलो


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको नेकपा (एमाले) समानुपातिकमा पहिलो आएको छ।

मंगलबार बिहानसम्मको नतिजाअनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ। ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो।

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ। त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा (माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियातमा खुम्चिएको छ।

माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ। एकीकृत समाजवादीले ३५ हजार८२६ भोट ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ।

नेपाल मजदुर किसान पार्टी ८ हजार९९३ ,नेकपा माले ३ हजार ९९ भोट, नेकपा माओवादी समाजवादीले १ हजार ८७१ भोट, राष्ट्रिय जनमोर्चा १ हजार ८३६ भोट, हाम्रो नेपाली पार्टी १ हजार ६६२, जनता समाजवादी पार्टी, नेपाल १ हजार १२४ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ , मंगोल नेशनल अर्गनाइजेशन ५७४ , नेपाली कांग्रेस ९बीपी०५३८ , विवेकशील साझा पार्टी ४८९ ,जनसमाजवादी पार्टी, नेपाल ४४५ ,नेपाली जनता दल ४२३ भोट रहेको छ।

नेश्‍नलिष्ट पिपल्स पार्टी ४११ , नागरिक उन्मुक्ति पार्टी ३८६ , नेपालका लागि नेपाली पार्टी ३६०, एकल चिह्न बच्चा काखमा लिएकी आमा ९नेपाल आमा पार्टी ,नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी, नेपाल सुशासन पार्टी ३२६ , एकल चिह्न गितार सामाजिक एकता पार्टी , नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र नेपाल दलित पार्टी ३२० , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३१२ ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २५४ , राष्ट्रिय जनमुक्ति पार्टी २०४ , नेपाल लोकतान्त्रिक पार्टी १४६ , बहुजन शक्ति पार्टी ६३ र नेपाल संघीय समाजवादी पार्टी ४० भोट पाएका छन्।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : ४९ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको