इलाम-१ मा पुनः मतदान गराउन कानुनी उपचार खोजिने | Khabarhub Khabarhub

इलाम-१ मा पुनः मतदान गराउन कानुनी उपचार खोजिने


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको मागसहित कानुनी उपचार खोज्ने भएको छ । एमालेका उम्मेदवार महेश बस्नेतसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित हुने गरी आएको नतिजालाई अस्वीकार गर्दै पुनः मतदानको मागसहित सो पार्टीले कानुनी उपचार खोज्ने भएको हो । 

गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक अन्तिम चरणमा रहेका बेला मंगलबार पार्टी मुख्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बैठकमा इलाममा पुनः मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल भएको जानकारी दिएका हुन् । 

नेता खनालले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका बेला पार्टीभित्र पनि पुनः निर्वाचनको माग गर्दै कानुनी उपचार खोज्ने विषयमा छलफल सुरु भएको हो । साथै बैठकमा निर्वाचनको समीक्षासहित गठबन्धनको निरन्तरता, दलहरूबीच शक्ति बाँडफाँड गर्ने विषयमा आन्तरिक रुपमा छलफल भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : २१ बजे

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा