धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन : नेता कोइराला | Khabarhub Khabarhub

धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन : नेता कोइराला


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन्। विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उनले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए।

भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा कोइरालाको धारणा थियो । उनले भने, ‘राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वर्द्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसद्मा खरो रुपमा उत्रनेछु ।’

नेता कोइरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राखे । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजङ रायमाझीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : २८ बजे

युक्रेनसँग युद्धविराम गर्न ट्रम्पले रुसलाई दिए ‘डेट लाइन’

स्कटल्यान्ड – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्ध विराम

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

नागको पूजा गरेर आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन १३ गते मंगलबार। साउन

आज २०८२ साल साउन १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १३ गते मंगलबार। साउन