पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ « Khabarhub

पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धनगढी – कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका जिप चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार कृष्णपुर नगरपालिका ५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको थियो ।

ठक्कर दिने जिप चालक भीमदत्त नगरपालिका–७ का करन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ३० बजे

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन