बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ नायव निरीक्षक कोइराला | Khabarhub Khabarhub

बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ नायव निरीक्षक कोइराला


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आम निर्वाचन २०७९ मा उत्कृष्ट कार्यसम्पादन गरेकाले कोइरालालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंगलबार एक समारोहकाबीच प्रदेश प्रहरी प्रमुख (डीआइजी) किरण बज्राचार्यले कोइरालालाई सम्मान पत्रसहित कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।

निर्वाचनमा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले प्रदेश कार्यालय हेटौंडामा कार्यरत कोइराललालाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

वरिष्ठ नायव निरीक्षक कोइरालालाई महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७९ बमोजिम सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : २० बजे

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत

रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा