युएईमा एक हजार चालिस कैदी बन्दीले पाए आममाफी  « Khabarhub

युएईमा एक हजार चालिस कैदी बन्दीले पाए आममाफी 



दोहा – युएईमा एक हजार चालिस कैदी बन्दीले आममाफी पाएका छन्। युएई सरकारले राष्ट्रिय दिवसको अवसरमा विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १ हजार ४० जना कैदी बन्दीलाई आममाफी दिएको हो।

दुबईका शासक युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री समेत रहेका शेख मोहम्मद बिन रसिद अल मकतूमले युएईको ५१औं राष्ट्रिय दिवस अघि दुबईको सुधारात्मक र दण्डात्मक प्रतिष्ठानका १ हजार ४० जना कैदीहरूलाई रिहा गर्न आदेश दिएका छन्।

यस अवसरमा दुबईका महान्यायाधिवक्ता चान्सलर एसाम इसा अल हुमैदानले कैदीहरूलाई माफी दिने शासक शेख मोहम्मदको आदेशले सजाय पाएका कैदीहरूलाई नयाँ जीवन सुरु गर्ने र उनीहरूको परिवारको कठिनाइलाई कम गर्ने मौका दिएको बताए।

साथै उनीहरूलाई समाजमा पुनः एकीकरण गर्ने अवसर प्रदान होस् भन्दै महान्यायाधिवक्ता अल हुमैदानले आदेश कार्यान्वयन गर्न दुबई पब्लिक प्रोसिक्युसनले दुबई प्रहरीसँग समन्वय गर्ने बताए।

युएई सरकारले राष्ट्रिय दिवस, इदजस्ता विशेष अवसरहरूमा कैदीहरूलाई आफ्नो जीवनमा गल्ती सुधार्ने दोस्रो मौका दिँदै नयाँ जीवन जिउनको लागि हरेक वर्ष आममाफी दिँदै आएको छ।

यसमा जेल जीवन बिताइरहेका कुन देशका कति कैदीबन्दीहरुले आममाफी पाए केही खुलाइएको छैन। १ हजार ४० जना मध्ये धेरै नेपाली कैदीबन्दीहरुले पनि आममाफी पाएको बुझिएको छ।

युएईले प्रत्येक वर्ष २ डिसेम्बरलाई स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्छ। युएईको मन्त्रीपरिषद्ले बैठकले राष्ट्रिय दिवसको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ३५ बजे

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी