पत्रकार नेपाललाई सामाजिक सञ्जालबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति « Khabarhub

पत्रकार नेपाललाई सामाजिक सञ्जालबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकार नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पूर्वसभापति नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले उनले चलाउने फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको र यसबारे प्रहरीको साइबर ब्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद् पक्ष रहेको जनाइएको छ ।

‘विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आउनु भएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको यो हर्कत अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । महासंघ घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्दछ,’ पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १ : ३२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा