जुवाको खालबाट इटहरीका वडाध्यक्षसहित ५ जना पक्राउ « Khabarhub

जुवाको खालबाट इटहरीका वडाध्यक्षसहित ५ जना पक्राउ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी- इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बुधबार जानकारी दिए ।

विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई बुधबार जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका–६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, सुनसरी गढी गाउँपालिका– ३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उराव रहेका छन् । दुहवी–१२ मा रहेको गङ्गा चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : २७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन