बोटबाटै सुन्तला बिक्री गरेर मनग्य आम्दानी | Khabarhub Khabarhub

बोटबाटै सुन्तला बिक्री गरेर मनग्य आम्दानी


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गलकोट- सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ ।

सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुस्ट रु ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् भने केहीले आफै टिपेर पोखरा पठाउने गरेका छन् ।

केसी मात्रै होइन सिगानाका सुन्तला किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान रु दुई लाखमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसके भने अर्का किसान लेखनाथ गौतमले रु एक लाख ८० हजारमा आफ्नो बगानमा रहेका सुन्तला बिक्री गरे । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले यस पटक गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताए । उनले गत वर्ष रु तीन लाखको सुन्तला बिक्री गरेकामा यस वर्ष रु चार लाखको सुन्तला बिक्री गर्ने लक्ष्य राखेका छन् ।

उनका अनुसार यहाँका किसानले बोटबाटै सुन्तला बिक्री गर्ने गरेको र थोरैले मात्रै आफै टिपेर बिक्री गर्ने गरेका छन् । “यस वर्ष केही नयाँ सुन्तलाका बिरुवाले उत्पादन दिए, सुन्तलामा औंसा कीराको प्रभाव कम देखियो गत वर्षको तुलनामा”, खड्काले भने, “१५ क्विन्टल सुन्तला विद्युतीय शीत भण्डारण गृहमा राखेको छु, मूल्य राम्रो पाएपछि बिक्री गर्ने हो, अरू सुन्तला टिपेर सिधै पोखरा पठाउने लक्ष्य छ ।”

खड्काका अनुसार सिगानाका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारी सिधै यहाँ आएर बोटबाटै सुन्तला खरिद गरेर लैजाने गर्दछन् । सुन्तला उत्पादनको आधा आफै टिपेर पोखरा पुर्‍याएको अर्का सुन्तला किसान अनन्तबहादुर खड्काले बताए । उनको सुन्तला बगैँचामा दुई बोटमा लटरम्म सुन्तला पाकेका छन् ।

आफै टिपेर पोखरा पुर्याउँदा नाफा बढी हुने उनको भनाइ छ । खड्काले किसानले सुन्तलाको उचित मूल्य नपाए पनि बजारमा सुन्तलाको भाउमा वृद्धि भएको बताए । “बोटबाटै सुन्तला बिक्री गर्दा प्रतिकिलो रु ४० देखि ४५ पर्न जान्छ, आफै टिपेर लैजाँदा प्रतिकिलो ५० पर्न जान्छ”, उनले भने, “सुन्तलाका राम्रो दानालाई पोखरामा अहिले प्रतिकिलो रु एक सय ४० पर्न जान्छ, ढुवानी गर्नमै धेरै रकम खर्च हुन्छ, सुन्तला टिप्नेको ज्याला बढ्यो, तर सुन्तलाको मूल्य किसानको बगैँचामा बढेन ।”

सिगानाका किसानले सुन्तला बिक्रीबाटै वार्षिक रूपमा रु दुईदेखि तीन करोड भित्र्याउँदै आएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सो गाउँमा यस वर्ष २० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ भने सिगानामा राम्रो फल दिने १३ हजारभन्दा बढी बोट रहेका छन् ।

पाँच वर्षमा सिगानामा १० हजार सुन्तलाका नयाँ बिरुवा थपिएकाले वर्षेनि सुन्तला उत्पादनमा वृद्धि हुने बताइएको छ । उपयुक्त हावापानी भएका कारण सिगानामा सुन्तला रोपेको तीन वर्षमै उत्पादन दिन थालेको सुन्तला किसान तथा निवर्तमान वडाध्यक्ष राजन जिसीले जानकारी दिए । सिगानाका अधिकांश किसान अन्य खेती छोडेर सुन्तला खेतीमा आकर्षित हुन थालेका छन् ।

सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । सुन्तला खेतीलाई आवश्यक मल तथा औषधि उपचारमा स्थानीय निकायबाट सहयोग नपाएको यहाँका किसानले गुनासोसमेत गर्दै आएका छन् । अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, दमेक र सर्कुवा लगायतका ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : १६ बजे

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति