वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित | Khabarhub Khabarhub

वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई सम्मान गरिएको छ ।

ज्ञानगुन प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंह र भाषा शास्त्री प्रा डा माधवप्रसाद पोखरेलले उनलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ प्रदान गरेका हुन् ।

विश्वविख्यात रोयटर्स, बिबिसीलगायत समाचार समिति र दि टाइम्स पत्रिकामा लामो समय काम गरेका अधिकारीले पत्रकारिता विधामा रहेर पुर्‍याएको योगदान तथा व्यक्तित्वका विषयमा प्रकाशित कृतिसमेत सोही समारोहमा विमोचन गरियो ।

नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत सोही कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ लाई स्रष्टा सम्मान पनि गरिएको थियो । अमेरिकामा रही नेपाली साहित्यको उन्नयनमा निरन्तर पुर्‍याएका योगदानको कदर स्वरूप उनलाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपाल र डा महेशराज पन्त, समाजसेवी स्व रुक्मणिराज सिवाकोटी, पूर्व प्रधानन्यायाधीशद्वय धनेन्द्रबहादुर सिंह र विश्वनाथ उपाध्याय, सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंहलगायतको योगदानका विषय समेटेर प्रकाशित कृति विमोचन गरिएकाे थियो ।

सो अवसरमा प्रा डा पोखरेलले भाषा, साहित्य, न्याय र समाजका अरू विधामा कीर्ति राख्ने र कृति प्रकाशन गरी गौरव राख्ने व्यक्ति नै मृत्युञ्जय हुने गरेको बताए । पूर्व न्यायाधीश सिंहले ज्ञानगुन प्रकाशनका संस्थापकले युगमा विरलै हुने आफ्नोसहित एउटै कार्यक्रममा १२ वटा पुस्तक लोकार्पण गर्ने अवसर प्रदान गरेको भनी धन्यवाद ज्ञापन गरे ।

पत्रकार अधिकारी र साहित्यकार गिरी तथा ज्ञानगुन प्रकाशनका संस्थापक शेषराज सिवाकोटीले आ–आफ्नो क्षेत्रबाट देश र समाजका लागि पुर्‍याएको योगदानबारे भाषाविद् एवं समालोचक शरदच्चन्द्र वस्ती, साहित्यकार प्रमोद प्रधान, साहित्यिक पत्रकार रोचक घिमिरे, सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले प्रकाश पारे । ज्ञानगुन प्रकाशनले समाजका समाजका विभिन्न क्षेत्रमा रही राष्ट्र र जनताको कल्याणका खातिर काम गर्ने व्यक्तिको योगदानबारेमा पुस्तक प्रकाशित गर्दै आएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ६ : १३ बजे

उद्धव थापा भन्छन् : महामन्त्रीद्वयले गलत भाष्य बनाएर कांग्रेसको छवि बिगारे

काठमाडौं- नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैका मान्छेले

दीपक खड्का भन्छन् : चुनावअघि महाधिवेशन हुँदैन, आगामी जेठमा गरौँ

काठमाडौं- नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

भोजपुर– जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक

निर्वाचन आयोगले दल चिन्छ, जेन-जी चिन्दैन : नारायण भट्टराई 

काठमाडौं–  १३ देखि २८ उमेर समूह अर्थात् जेनेरेसन–जीको आन्दोलनपछि गठन

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ