अब मात्र चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी « Khabarhub

अब मात्र चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ ।

जसमध्ये सुनसरी ४ को मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

बाजुरा र स्याङ्जा २ मा बुधबार साँझदेखि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले दुबै क्षेत्रमा पुनः मतदान नगर्ने निर्णय गरेसँगै आजैदेखि मतगणना हुने भएको हो । त्यसका लागि अहिले बाजुरा र स्याङ्जा २ मा सर्वदलीय बैठक बसिरहेको र मतगणना सुरु हुने सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएका छन् ।

बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ । स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोलखामा भने बिहीबार पुनः मतदान हुँदैछ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

निर्वाचन भई मतगणना गर्दा कम्तीमा पाँच दिन दिन लाग्ने भएकाले निर्वाचन आयोगले तोकेको समयभित्र प्रतिनिधिसभातर्फको अन्तिम नतिजा सार्वजनिक हुन ढिलाइ हुने भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ५ : ४९ बजे

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल