चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति | Khabarhub Khabarhub

चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पु¥याएको छ ।

सन् २०१६ देखि सन् २०२१ सम्ममा चीनदेखि युरोप पुग्ने रेलको सङ्ख्या ५५ प्रतिशतले बढेको छ । यो अघिल्लो पाँच वर्षको तुलनामा नौ गुणा बढी हो ।

जियाङ्सुको लियानयुनगाङ्गमा आयोजित चीन–युरोप रेलवे एक्सप्रेस सहयोग मञ्चको सम्मेलनको क्रममा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ भन्सार कार्यालयले दिइएको जानकारीअनुसार यस वर्षको अक्टोबरको अन्तसम्ममा ८२ वटा चीन–युरोप मालवाहक रेल मार्गहरू सञ्चालनमा आएका र यो वर्षको १० महिनामा युरोपेली देशहरूमा ६२ हजारभन्दा बढी मालवहाक रेलले सामान आपूर्ति गरेका थिए ।

अहिले नानजिङ र लियानयुङ्गाङसहित जियाङ्सुका पाँच सहरहरूले २३ बटा सामुद्रिक मार्गहरू सञ्चालन गरिरहेका छन्, जुन युरोप, मध्य एशिया र दक्षिणपूर्वी एशियाका लगभग ८० सहरहरूमा पुग्ने गर्छन् । यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म, जियाङ्सु र युरोपबीचको मालवाहक रेल यात्राको सङ्ख्या १८ हजार पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो ।

जियाङ्सुको विदेश मामिला विभागका अनुसार मालबाहक रेल सेवाले क्षेत्रीयस्तरमा मैत्रीपूर्ण आदानप्रदानलाई बढावा दिएको छ । यस प्रदेशले ६४ देशसँग तीन सय ५४ अन्तर्राष्ट्रिय भगिनी साझेदारीमा हस्ताक्षर गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : २६ बजे

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन

खोटाङ– कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक

सिलिङभित्रकै योजना काटिएपछि गण्डकीमा कांग्रेस सांसदलाई तनाव

पोखरा- प्रदेशसभा सदस्यमा उम्मेदवार हुँदैखेरी बागलुङका दीपेन्द्रबहादुर थापाले मतदातासामु बेनी

सरकारले प्रस्तुत गरेको बजेट सबैलाई समेट्ने गरी बनाएको छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र,

सिरिजको निर्णायक खेलमा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं- स्कटल्याण्डमा जारी टी-ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले बलिङको

बाग्मती प्रदेश स्तरीय फुटबल रेफ्री तालिम सुरू

हेटौंडा– बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल