स्पेनलाई पराजित गर्दै जापान कतार विश्वकपको नकआउट चरणमा « Khabarhub

स्पेनलाई पराजित गर्दै जापान कतार विश्वकपको नकआउट चरणमा


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलियो टिम स्पेनलाई हराउँदै जापान कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो । तीन खेल खेलेको जापानले ६ अंक जोडेको छ ।

बिहीबार राति कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जापानले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका लागि अल्भारो मोराटाले एक गोल फर्काएका थिए ।

सुरुवाती अग्रता लिएको स्पेनविरुद्ध जापानले खेल उल्टाएको हो। खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछाडि परेको जापान दोस्रो हाफमा पुनरागमन गर्दै विजयी भएको हो ।

खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा फर्काएका थिए ।
थप एक गोल खेलको ५१ औं मिनेटमा टानकाले गरेका थिए ।

जापानसँग पराजित भए पनि तीन खेलमा ४ अंक जोडेको स्पेन यो समूहको उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : १८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना