मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो « Khabarhub

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाजुराको मतगणना फेरि रोकिएको छ।

मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो।

हालसम्म नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पछि पार्दै अग्रता कायम राखेका छन्।

बाजुराको प्रदेश सभा कमा एकीकृत समाजवादीका नरेशकुमार शाही अग्र स्थानमा छन् भने एमालेका बलदेव रेग्मीले पछ्याइरहेका छन्।

४ मंसिरमा मतदानका क्रममा झडप हुँदा बुढीनन्दा नगरपालिका-९ मा यही मंसिर १० गते पुन: मतदान गरिएको थियो‍।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ४० बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।