निषेध गरिएको क्षेत्रमा प्रदर्शन भएपछि धनगढी तनावग्रस्त, प्रहरीद्वारा ८ राउन्ड हवाइ फायर « Khabarhub

निषेध गरिएको क्षेत्रमा प्रदर्शन भएपछि धनगढी तनावग्रस्त, प्रहरीद्वारा ८ राउन्ड हवाइ फायर


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भिडलाई तितरवितर पार्न प्रहरीले धनगढीमा आठ राउन्ड हवाइ फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन् । बिहीबार ग्रेडरले किचेर पञ्चोदय माविमा अध्ययनरत १६ वर्षीया किशोरी चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो । उनको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

घटनापछि विद्यार्थी ताडफोडमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका बाबजुद पछि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागीमध्ये एक दर्जनभन्दा बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्त, निर्माण कम्पनी र प्रशासनबीच जिप्रकामा छलफल चलिरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  २ : ०६ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा