सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा | Khabarhub Khabarhub

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् ।

बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् ।

दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी भएकी शर्माले सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न बाँकी रहेको बताइन् ।

ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी उनले माओवादीको तर्फबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाउने बताइन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  २ : ५७ बजे

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा

इलामको चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

इलाम– चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा बुधबार भेटिएका चुलाचुली– ५ का

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा