कम्बोडिया पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने पक्राउ « Khabarhub

कम्बोडिया पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने पक्राउ


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सामाजिक संजालको माध्यामबाट पीडितहरुसँग सम्पर्क गरी आफू कम्बोडियास्थित होटेलमा सेक्युरिटी गार्डका रुपमा काम गरिरहेको भन्दै उनले २३ लाख ९७ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

कम्बोडियाको आकर्षक तलब सुविधासहितको सेक्युरिटी गार्डमा काम मिलाइदिने बहानामा आचार्यले प्रोसेसिङका लागि भन्दै पीडितबाट २३ लाख ९७ हजार बैंकमा जम्मा गर्न लगाएर ठगी गरेका हुन् ।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरुको नाममा संचालित बैंक खातामा पैसा जम्मा गर्न रकम जम्मा गर्न लगाएका थिए ।

पक्राउ परेका आचार्यलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : ३९ बजे

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६