१५ लाख विदेशी पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य « Khabarhub

१५ लाख विदेशी पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको पनि श्रीलङ्काली पर्यटनमन्त्रीले जनाएका छन् ।

पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनले थुप्रै एयरलाइन्सले मुलुकमा उडान सुरु गर्ने योजना बनाएको पनि बताए ।

पर्यटन क्षेत्र श्रीलङ्काको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो । तर कोरोना महामारी र देशमा जारी आर्थिक एवं राजनीतिक सङ्कटका कारण पर्यटन व्यवसायमा झड्का लागेको छ ।

श्रीलङ्कामा पर्यटन क्षेत्रको गतिविधि केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ । श्रीलङ्काको छिमेकी देश माल्दिभ्सले विगत महिनादेखि मासिक एक लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गर्दै आएको छ तर श्रीलङ्कामा भने पर्यटक आगमन ३० हजार देखि ६० हजारमा सीमित रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ६ : ४० बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा