हत्या अभियोगमा धनुषाबाट दुई जना पक्राउ « Khabarhub

हत्या अभियोगमा धनुषाबाट दुई जना पक्राउ


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषाको मिथिला बिहारी नगरपालिका ४ बाट हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मिथिला बिहारी ४ का ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको जनाएको छ ।

सोही नगरपालिका ४ रमौलस्थित जग्गाको विषयमा हिजो वादविवाद हुँदा उनीहरूले ५३ वर्षका प्रभु यादवलाई कुटपिट गरी घाइते बनाएका थिए । उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजाने क्रममा मृत्यु भएको थियो । त्यसक्रममा अन्य तीन जना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ६ : ४५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस