जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते « Khabarhub

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान साढे चार बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए ।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ३७ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन