एकीकृत समाजवादीले अझै कटाएन थ्रेस होल्ड « Khabarhub

एकीकृत समाजवादीले अझै कटाएन थ्रेस होल्ड


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ ।

हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८७ हजार सात सय ५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख आठ सय ७८, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार तीन सय ९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार पाँच सय ९७, जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४६, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय १३ मत प्राप्त गरेको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानूनी प्रबन्ध छ ।

नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९४ हजार तीन सय ५७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, हाम्रो नेपाली पार्टीले ५५ हजार छ सय १४, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार सात सय ८५ र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार प्रदेश नं १ मा १८ लाख ९९ हजार एक सय ४४ मतगणना भएको छ । एमालेले छ लाख ६५ हजार चार सय ६० मत प्राप्त गरेको छ । कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राप्रपाले एक लाख ९८ हजार पाँच सय ११, माओवादीले एक लाख ८१ हजार दुई सय ४५, जनता समाजवादी पार्टीले ६१ हजार सात सय २३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले ५५ हजार नौ सय ५७ मत प्राप्त गरेको छ ।

मधेस प्रदेशमा २० लाख ८६ हजार दुई सय ९८ मत गणना भएको छ । कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७, जनता समाजवादी पार्टीले दुई लाख ९८ हजार सात सय ७४, माओवादीले एक लाख ८० हजार आठ सय ६० र नेकपा (एकीकृत समाजवादी)ले एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशमा १८ लाख ५७ हजार नौ सय ६६ मत गणना भएको छ । सो प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राप्रपाले दुई लाख ७२ हजार ८९, माओवादीले दुई लाख ७० हजार तीन सय ७२, नपाल मजदुर किसान पार्टीले ६८ हजार छ सय ५४ र नेकपा (एकीकृत समाजवादी)ले ६४ हजार एक सय आठ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशमा नौ लाख ८४ हजार पाँच सय ३९ मत गणना भएको छ । त्यसमा एमालेले तीन लाख ६७ हजार तीन सय ६१, कांग्रेसले तीन लाख ४९ हजार दुई सय १५, माओवादीले एक लाख १६ हजार आठ सय ५१, राप्रपाले ५९ हजार चार सय ४३, हाम्रो नेपाली पार्टीले १८ हजार सात सय ३२ मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ । त्यसमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, जनमत पार्टीले ८१ हजार छ सय पाँच, जनता समाजवादी पार्टीले ६० हजार आठ सय ८६ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ मत गणना भएको छ । त्यसमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, काँग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादीले एक लाख ३७ हजार छ सय २९, नेकपा(एकीकृत समाजवादी)ले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार एक सय ८६, नेपाल मजदुर किसान पार्टीले आठ हजार नौ सय ९३ मत प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा आठ लाख ३५ हजार आठ सय ९४ मत गणना भएको छ । त्यसमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, काँग्रेसले दुई लाख ४३ हजार ३९, माओवादीले एक लाख १८ हजार नौ सय तीन, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५४, राप्रपाले ४३ हजार आठ सय आठ र नेकपा(एकीकृत समाजवादी)ले ४१ हजार आठ सय ३९ मत प्राप्त गरेको छ ।

देशभरका अन्य स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । दोलखा, बाजुरा र स्याङजाको मतगणना भने जारी रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ५७ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट