दोलखामा गंगालाई पछि पारे सिवाकोटीले, १६८३ मतको अग्रता « Khabarhub

दोलखामा गंगालाई पछि पारे सिवाकोटीले, १६८३ मतको अग्रता


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दोलखामा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३७ हजार २२० मतगणना हुँदा एमालेका बालकृष्ण सिवाकोटीले १६ हजार ६२० मत प्राप्त गरेका छन् । उनीहरुबीच एक हजार ६८३ मतान्तर छ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ भने २ मा एमाले अगाडि छ । प्रदेशसभा–१ मा ३० हजार ७४९ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १५ हजार सात सय ४१ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार ७४९ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा–२ मा ३९ हजार ३५ मतगणना हुँदा एमालेका भरत केसीले १८ हजार १५ मत ल्याएर अग्रता लिएको छ भने कांग्रेसका बर्मा लामाले १६ हजार ४४१ मतका साथ पछ्याइरहेका छन्।

दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ३७ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र