ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न « Khabarhub

ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

पाँच–पाँच जनाको समुहमा विभाजित दुई समूहले ह्वीलचियरकै माध्यमबाट आफ्नो खेल प्रदर्शन गरेका थिए । खेलमा पोखराको समूह विजेता बनेको छ । ह्वीलचियर प्रयोगकर्ता पनि सवलाङ्ग व्यक्तिसरह सक्षम रहेको देखाउन प्रतियोगिता सञ्चालन गरिएको धवलागिरि अपाङ्ग उत्थान संस्था देवचुलीका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

“अपाङ्गता भएकाहरूले पनि सामान्यसरह जे पनि गर्न सक्छन् भन्ने देखाउन खेल खेलिएको हो”, उनले भने, “सरोकारवाला निकायले उचित अवसरको व्यवस्था मिलाउन दबाब पुग्ने आशा लिएका छौँ ।”

सहभागीहरूलाई हौसला प्रदान गर्दै देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले अपाङ्गता भएकाहरूको हकहितका लागि आफू सदैव अगाडि हुने बताए । उनले भने, “स्थानीय सरकारले अपाङ्गतामैत्री सेवा प्रवाह गर्दै सीप र अवसर दिनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।”

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : २० बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक